नविन पन्त आइतबार, माघ ०७, २०८०

भक्तपुर पछिल्लो समयमा युवा पुस्तामा निकै चर्चित गायिका अनु चौधरीको स्वर रहेको गीत ‘सुनन ए मायालु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार ‘ उक्त गीतको भिडियो रिलिज गरिएको हो । तुला आर लामिछानेको शब्द रचना रहेको गीतमा संगीत तथा एरेञ्ज पवन परियारले गरेका हुन् । मालाश्री स्टुडियोमा रेकडिङ तथा मिक्सिङको काम गरिएको गीतको म्युजिक भिडियोको निर्माता तुला आर लामिछाने नै हुन् । गीतको भिडियोमा पुस्कर राउत र स्मारिका ढकाल ले अभिनय गरेका छन् । यो गीतमा सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन, बन्दे प्रसाद र प्रविन ढकालको सम्पादन, प्रिया नगरकोटीको हेयर एण्ड मेकअप रहेको छ । म्युजिक भिडियोको निर्देशन कोरियोग्राफर पाण्डेले नै गरेका हुन् ।