नबिन पन्त बिहिबार, माघ ०४, २०८०

भक्तपुर – सुर्खेतको पञ्चपुरी नगरपालिकामा-६ मा छोरी बलात्कारको घटना लुकाउन आफ्नै बुबाले छोराको हत्या गरेको बुबाले स्वीकारेका छन् । ४५ वर्षीय बुबाले आफू र छोरीबीचको घटना प्रहरी कार्यालयमा पुगेपछि छोराको हत्या गरेको बताएका छन् । बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मा, हवल्दार टीकाराम आचार्य, जवान नवीन योगीको टोलीले हत्या आरोपितलाई टीकापुरबाट प्रकाउ गरेको हो । गत सोमबार २१ वर्षीया छोरालाई बञ्चरो प्रहार गरी हत्या गरी उनी महेन्द्रनगर हुँदै भारत पस्ने दाउमा रहेको बेला अनुसन्धानमा खटिएका प्रहरी उनलाई पक्राउ गरेको हो। छोराले जिल्ला प्रहरी कार्यालमा गत कात्तिकमा बहिनीलाई बलात्कार गरेको भन्दै बाबुविरुद्द जाहेरी दिएका थिए । पक्राउ परेका आरोपितलाई टीकापुरबाट सुर्खेत ल्याइँदै छ ।