नविन पन्त बुधबार, माघ ०३, २०८०

भक्तपुर – बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका ५ मा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्द जाहेरी दिएका थिए । प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउनसाथ बुबा फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पीडित छोरीले बुबानै आएर दाजुको हत्या गरेको दाबी गरेकी छन् । रातिको घटना भएकाले विस्तृत अनुसन्धान भइरहको प्रहरी उपरीक्षक थापाले बताए । यता स्थानीयवासीले युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका बताएका छन्
पारिवारिक मनमुटाबका कारण हत्या भएको देखिन्छ,ु उपरीक्षक थापाले भने । स्थानीयका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ । गत असोज २७ गते १९ वर्षीया ु६४ वीरेन्द्रनगर क ३६ु लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

आफू बलात्कृत भएको किशोरीले दाइलाई भनेकी थिइन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए। मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए ।

पीडित छोरीले भारतमा लुकेर बसेका बुबालेनै नेपाल आएर दाजुको हत्या गरेर भागेको दाबी गरेकी छन् । ुप्रहरीको अनुसन्धानमा जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ । १४ मा नेपाल पुगेर १५ तारिख राति हत्या गरेर भागेको हुनसक्छ,ु अनुसन्धान खटिएका एक अधिकृतले भने, ‘बुबामाथि शंका गर्ने आधारहरू भेँटिदै गएका छन् ।ु यता पीडतले पनि बुबाले नै हत्या गरेको प्रारम्भिक बयान समेत दिएकी छिन्। उनले आफूलाई बलात्कार गरेको घटनाले बुबा र दाजुबीच विवाद बढेको बयान दिएकी छिन्।