नबिन पन्त आइतबार, पौष २९, २०८०

भक्तपुर – बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च अदालत अगाडि आइतबार दिउँसो उनले आफ्नो शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार जिउँमा मट्टितेल खन्याएको देखेपछि प्रहरीले रोकेका थिए । आरतीले गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् ।