ब्यस्त समयको बाबजुद भिम राई “अनन्त” को आफ्नै शब्द / सङ्गीत / स्वर रहेको घर त दुङ्ग्मा गाउँ लोक दोहोरी गीत भर्खरै मात्र स्टुडियो भर्सन युट्युब मा सार्बजनिक भएको छ भने यस गीतमा लोकप्रिय गायिका कला राई ले साथ दिनु भएको छ । यस गीतमा सनम “पुरुष ” राई ले एरेन्ज गर्नु भएको छ । सुबाश कुथुमी राई ले रेकर्डिङ गर्नु भएको छ भने मिक्सिङ मास्टरिङ गोबिन्द सोनि को रहेको छ भने ए लेबल स्टुडियो मार्फत रेकर्डिङ गरिएको थियो क्यामेरा समीर राई एडिटर नवीन पन्त ले गर्नु भएको छ । प्रबास मा रहेर पनि थोरै समय साहित्य सङ्गीत स्वर लाई छुट्याएर आफ्नै गाउँ ठाउँ को भाकालाई सङ्गीत मा ढालेर गीतलाई जिबन्त बनाउनु हुने गायक राई शब्द / सङीत / स्वर त्रि पक्षीय बिधामा नै सफल हुनुहुन्छ । सानै देखि सफल गायक बन्न रुचाउनुहुने गायक राई नेपाल बसाई को छोटो समयमा जम्मा पाच ओटा गीत रेकर्ड गर्न सफल भएका छन । बाकी गीत युट्युब मा आउन बाकी नै रहेको जान्कारी गराउनुहुन्छ । आफू प्रबासमा बसेर पनि आफ्नै गाउँ घर पाखा पखेरामा मै आफुलाई पाउनुहुन्छ । पौवादुङ्ग्मा को सेरोफेरो नै आफुलाई पाउनुहुन्छ । तसर्थ कमर्शियल गीतको समयमा पनि आफू ले जोखिम मोलेर आफ्नै मौलिक लोकभाका लाई सम्रक्षेण सम्बर्दन र प्रबर्दन गर्न आफुले लोक दोहोरी गीत बजारमा सार्बजनिक गरेको बताउनुहुन्छ । यस गीत लाई उहाले आफ्नै यु ट्युब च्यानल अनन्त राई अफ्फिसियल बाट सार्बजनिक गरेको बताउनुहुन्छ । गीत लाई एक चोटि दर्शक तथा श्रोताले हेरेर राम्ररी सुनेर प्रतिक्रिया को अपेक्षा पनि गर्नु भयेको छ । बाकी भिडियो