नविन पन्त आइतबार, पौष ०८, २०८०

भक्तपुर। पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा नेपाल भक्तपुरले आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेको छ। केहि दिन अघि मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै आज राप्रपा नेपाल भक्तपुरले मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनिहरुले पुत्ला दहन गरेका छन । भक्तपुरको मध्यपुर ठिमीमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बिष्णु भट्टराईले मन्त्री किरातीको चर्को विरोध गर्दै तत्काल उनलाई बर्खास्त गर्नुपर्ने माग गरे। कार्यक्रम अघिको बैठकमा बोल्दै अध्यक्ष कमल थापाले आन्दोलनको बाताबरण निर्माण गर्न र व्यापक तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन। पार्टीले आगामी पौष १६ गते भक्तपुरमा विरोध सभा गर्ने निर्णय गरेको छ।