नविन पन्त बुधबार, मंसिर २७, २०८०

काठमाडौँ, २७ मङ्सिर । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। मौसम पूर्वानुमान महाशाखले बिहान ५ः४५ बजे गरेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको हो।यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको जानकारी पनि मौसमविद् पुडासैनीले दिए। न्यूनतम तापक्रम बिहान ८ः४५ बजे तथा अधिकत तापक्रम साँझ ५ः४५ बजे लिइन्छ। न्यूनतम तापक्रम बिहान ८स्४५ बजे तथा अधिकत तापक्रम साँझ ५स्४५ बजे लिइन्छ।