नबिन पन्त मंगलबार, कार्तिक ०७, २०८०

यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न भने दिनभर कुनै बाधा नभए भएता पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दसैं पर्व समाप्त हुन्छ।