नविन पन्त मंगलबार, भाद्र २६, २०८०

भक्तपुर। एसिया कप क्रिकेटको सुपर फोरमा कोलम्बोमा सोमबार भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हराएको हो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ३२ ओभरमा अलआउट हुँदै १ सय २८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे। त्यस्तै यफ्तकर अहमेद र सलमान अलिले समान २३–२३ रन बनाए। पाकिस्तानका कप्तान बाबर आजमले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा भारतका कुलदिप यादव उक्लैले ५ विकेट लिएका थिए । त्यस्तै जस्प्रीत भुम्राह, हार्दीक पाण्ड्या र सार्दुल ठाकुरले एक–एक विकेट लिए ।आइतबार वर्षाले खेल प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोडेको थियो । भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे । कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका छन् । कोहलीको यो ४७औं एकदिवसीय शतक हो . पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १/१ विकेट लिए।