नविन पन्त मंगलबार, भाद्र २६, २०८०

भक्तपुर। नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको मध्यराति निधन भएको छ। आफ्नै निवासमा अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिएको थियो। उनको देहावसानको खवर थाहा पाउनासाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका थिए। उनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए। नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ। बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्‍याइएकामा त्यही नेम्वाङको निधन भएको थियो।