नविन पन्त सोमबार, भाद्र २५, २०८०

भारतको हिमाचल प्रदेशमा टिपर दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । कामको लागि भारत गएका रुकुम पश्चिमको आठ बीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिल बहादुर सुनारको दुर्घटनामा परी मृत्यु भएको हो । उक्त दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए । कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ । उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए । उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ ।