Menus

नविन पन्त आइतबार, भाद्र २४, २०८०

भक्तपुर – काठमाडौंमा शनिबार आयोजना भएको मिस युनिभर्स नेपाल २०२३ु को उपाधि जेन दिपिका ग्यारेटले जितेकी छन्। उनले २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स नेपालको उपाधि जितेकी हुन्। उनलाई सन् २०२२ की मिस युनिभर्स सोफिया भुजेलले ताज लगाइदिएकी थिइन्। दिपिकाले उपाधिसँगै इलेक्ट्रिक स्कुटर प्राप्त गरेकी छन्। साथै उनले अब मिस युनिभर्स मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। उक्त कार्यक्रमा गरिमा घिमिरे फर्स्ट रनरअप, बुद्धिसारा सुनार सेकेन्ड रनरअप, सितास्मा पोखरेल थर्ड रनरअप र अभिलाशा लम्साल फोर्थ रनरअप घोषित भए। यस वर्षको मिस युनिभर्स नेपालको निर्णायकहरुमा रविराज कर्णिकार, उपल मजुमदार, सौरभ ज्योति, उपासना घिमिरे, संगीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा थिए ।