नबिन पन्त बिहिबार, भाद्र २१, २०८०

भक्तपुर – काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिइएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा उनको पार्थिक शरिरलाई श्रद्धाञ्जली दिइएको हो। उनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायत जनप्रतिनिधिले श्रद्धाञ्जली दिएका छन्।
सभागृहमा दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ। त्यसपछि पशुपतिस्थित आर्यघाटमा लगिने छ।
वडाध्यक्ष रिजालको उपचारका क्रममा आज बिहान साढे ६ बजे ग्रान्डी अस्पतालमा निधन भएको थियो। रिजाल अघिल्लो कार्यकाल पनि वडाध्यक्ष निर्वाचित भएका थिए।
तस्बिरहरू: