Fursad Times मंगलबार, साउन २०, २०७७

भक्तपुर । विश्वभर कोरोना भाइरसको महमारी चलिरहेको बेला नेपालमा उपचारको अवस्थामा रहेका ५ हजार ७३२ जना कोरोना संक्रमितमध्ये ३६ जना सिकिस्त अवस्थामा रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३६ संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाएको छ।

३६ मध्य २ जनालाई भेन्टिलेटरमा छन् भने ३४ जना आइसीयूमा छन् । सबैभन्दा बढी बागमती प्रदेशमा २१ संक्रमित आइसीयूमा छन् भने एक जना भेन्टिलेटरमा रहेको बताइएको छ । प्रदेश नम्बर २ मा सात जना आइसीयूमा, प्रदेश नम्बर १ मा तीन जना आइसीयूमा र एक जना भेन्टिलेटरमा छन्। प्रदेश नम्बर ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एक-एकजना बिरामी आइसीयूमा उपचारारत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित थपिएको जानकारी दिए । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको उनले बताए । जसमध्ये हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाको कारण कुल ५८ जनाले ज्यान गुमाइ सकेका छन ।

भिडियो हेर्न तल लिंक थिच्नुहोस;

https://youtu.be/p_fotKqsdZA