नविन पन्त मंगलबार, साउन ३०, २०८०

भक्तपुर । लोक गीत ‘नाबालिका’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत शुक्रबार नवसृष्टि ईन्टरटेण्टमेण्ट युट्युवबाट सार्वजनिक भएको हो । गायक मिनप्रकाश ओली र गायिका बबिना किरातीको स्वर रहेको गीतमा मिनप्रकाश स्वयंले शब्द सङ्गीत दिएका छन् भने एरेन्ज राज सोनम रहेको छ । अर्जून गौतमको निर्देशनमा तयार पारिएको भिडियोमा बिना रावत, बाबुराम सुनार, मन्दिरा थापा र रामप्रसाद महर्जनको अभिनय रहेको छ । देव दोर्जेको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छाँयांकन बासु न्यौपानेले गरेका हुन भने सम्पादन गौतमराज खड्काले गरेका हुन् ।