नवीन पन्त सोमबार, साउन ०८, २०८०

भक्तपुर – काठमाडौंको सामाखुशीमा आइतबार आएको बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ। काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए। उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए। सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी साँझ साथिहरुसङ्ग खेल्नका लागि निस्केका थिए।