नबिन पन्त बिहिबार, साउन ०४, २०८०

भक्तपुर – व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन्। मल्होत्राले बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर हिजो त्रिभुवन अन्तरास्ट्रिय एरपोर्टबाट बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्। मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचारहरु मिडियामा छ्यापछ्याप्ती आउने थालेपछि पत्रकार सम्मेलन गरेर मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्। उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए। ‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने। उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।
‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उनले भने।

https://youtu.be/-rRTEI8RqOc