Fursad Times सोमबार, साउन ०१, २०८०

भक्तपुर । नेपाली मौलिक लोक दोहोरी गीतको संरक्षण र प्रबर्द्धन, अग्रजलाई सम्मान अनि नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित प्रतिभाको खोजी गर्ने उदेश्यले एजे ईन्टरतेन्मेन्ट प्रा।लि। द्वारा आयोजना गर्न लागिएको टेलिभिजन रियालिटी शो “दोहोरी आईकन” को पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

अजय पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा बरिष्ठ लोक गायिका कोमल ओली समाजसेवी रमेश बाबु श्रेष्ठ, चर्चित गायक पशुपती शर्मा, चर्चित गायक कुलेन्द्र बिश्वकर्मा, चर्चित गायक कृष्ण रेउले, चर्चित गायक दिपक खड्का लगायत अन्य कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । “दोहोरी आईकन ” एजे ईन्टरतेन्मेन्ट प्रा।लि र यो हो टेलिभिजनको संयुक्त प्रस्तुतीमा सञ्चालन गर्न लागिएको हो ।

“दोहोरी आईकन” यो हो टेलिभिजन बाट केही महिनापछि सुरु हुने कुरा आयोजक पक्षले बताएको छ । “दोहोरी आईकन” मा बिशेष गरि मौलिकतालाई जोड दिईनुका साथै केही सातापछि डिजिटल तथा अनलाईन मार्फत अडिशन सुरु गरिने कुरा आयोजकको तर्फबाट जानकारी गराईएको छ ।

“दोहोरी आईकन” मा कोमल ओली, पशुपती शर्मा, कुलेन्द्र बिश्वकर्मा निर्णायकको भुमिकामा छन् भने होस्टको रुपमा पिएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् । साथै केही महिनामा अडिशन सुरु भए लगत्तै पुनः पत्रकार सम्मेलनको आयोजना गरि केही निर्णायक पनि थपिने कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । “दोहोरी आईकन” मा प्रथम पुरस्कार स्वरुप २५ लाख रुपैया निर्धारण गरिएको र बिश्व भ्रमणको पनि ब्यवस्था रहेको कुरा कार्यक्रममा घोषणा गरिएको थियो ।

“दोहोरी आईकन” मा मौलिकता र नयाँ प्रतिभालाई बिशेष जोड दिईने कुरा निर्णायकहरु कोमल ओली, कुलेन्द्र बिश्वकर्मा र पशुपती शर्माले बताए । पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन यसै आईकनका होस्ट पिएन सापकोटाले गरेका थिए भने पत्रकारहरु प्रकाश बराईली “अभिब्यक्ति” र गोपीकृष्ण चापागाईले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए ।