चन्द्रकान्त पण्डित बुधबार, आषाढ १३, २०८०

२०८०/०२/१३
कस्तो म?
‘म’ आफैंमा घमण्डी छ
म विचित्रको छ , समयमा सबै भन्दा कातर वा कायर उही छ, तर पनि आफुलाई सबै भन्दा बलवान ठान्छ।
अरुको नजरमा उ गिरिसकेको छ तर सत्य सावित्री आफैँलाई सम्झन्छ।
काम चोर उही छ, ठुला अर्ति उपदेशको कुरा इमान्दारिताको बखान उही गर्छ।
रामले भने जस्तै गर्ने त्यो तीन प्रकारको ‘म’:
१. बोल्ने मात्र ‘म’
२. बोल्ने र गर्ने ‘म’
३. गर्ने मात्र ‘म’
यस धरतीमा १ नम्बरको ‘ म ‘हावी छ। यत्र तत्र सर्वत्र छ तर समाजमा उ भाड नै हो। उसले भ्रम सिर्जना गरिदिन्छ हो क्यारे भन्ने पारिदिन्छ र अन्तमा अरुलाई मार्न र मर्नको लागि तयार पार्न सक्छ। त्यही ‘म’ को कारणले धेरैले ज्यान गुमाए तर पनि उ जिवित छ , उसको नजरमा उ जितेको होला, पद प्राप्ति पनि गरेको होला तर उ पिडकको अगाडि अदालतले न्याय नदिए पनि अस्पतालको लास गृहमा वसेर सधैं त्यो घमन्डी ‘म’ लाई ङिच्च दाँत देखाउँदै तर्साइरहेको छ। तर उ सपनामा पनि डराइरहेको हुन्छ।
हो त्यही ‘म’ सँग महँगा बेड र विस्तारा छ तर के गर्नु उसँग निद्रा छैन।
जे खान खोजे त्यही पुग्छ तर के गर्ने खाइहाले अस्पताल जाने भैहाल्छ। कस्तो ‘म’ है।
फेरी राष्ट्रवादी कुरा गर्छ तर उसँग राष्ट्रको केही छैन:
न भाषा
न भेष
न भुषा
न सोच
न भावना
न सन्तानको रुचि आफ्नो माटोमा रम्ने।
नहुँदा के गर्ने वाध्यता छ, तर हुँदा पनि त्यसलाई लत्ताइदिन्छ, विदेशी ब्राण्ड खोज्छ। कस्तो राष्ट्रवादी त्यो ‘म’?
अरुलाई मारेर आफु बच्ने ‘म’ उसलाई थाह नै छैन: उ क्षेण क्षेणमा मरिरहेको हुन्छ।
मरिनेवाला त एक दिन एक पटक मरेको हुन्छ तर जो मार्नेवसला छ नि उ होस, बेहोस र अर्धहोसमा पनि मरिरहेको हुन्छ।
अरुको हत्या, बर्बादी, भ्रष्टाचारको कुरा गर्दा उ त्यही स्वघोषित ‘म’ तर्सिएको हुन्छ। फेरी पनि बलवान् र बुद्धिवान दुवै भएको नाटक गर्छ।
शिक्षकको हकमा रहने ‘म’ पनि त्यस्तै बुज्रुक छ:
एक्काइसौ शताब्दीको ‘म’ शिक्षक ठान्दछ उ सबैको प्रिय छ लाग्छ तर उसलाई एक्काइसौ शताब्दीको शिक्षाको बारेमा थाह छैन। उ लौरोमा हुर्किएको, कयौंपटक कुखरा वनेको पुरा शरिर ढाकेर आफ्नो भेषभुषाको च्यातिएको कपडामा सजिएको त्यो बेलाको विद्यार्थी र अहिलको ‘म’ शिक्षक आफुलाई शिष्ट र सभ्य ठान्दछ तर पनि
वर्षभरि आफैंले अध्यापन गराएको विद्यार्थीलाई असभ्य र अशिष्ट ठान्दछ। उ विर्सिरहेको हुन्छकी:
उ त्यो विद्यार्थी अशिष्ट हुनुमा उसको पनि हात छ
उसको विद्यार्थी सभ्य भाषा बोल्न नसक्नुमा उसको हात धेरै छ
त्यसैले त त्यो ‘म’ विचित्रको छ:
न कस्तुरीको बास्नाको याद हुन्छ उसलाई न सिनोको दुर्गन्ध नै।
किन ?
किन कि उसले होस गुमाएको हुन्छ, विवेक गुमाएको हुन्छ । होस र विवेक गुमिसकेपछि नाङ्गिन केही वेर लाग्दैन त्यो ‘म ‘लाई।
‘म’ शिक्षक आफुलाई अब्बल ठानेको हुन्छ तर उसैंको विषयमा विद्यार्थी केही गरेको देखिन्छ, कक्षा कोठामा पनि त्यसैको गृहकार्य गरेको हुन्छ तर पनि सिकाइ उपलब्धी पनि कम त्यसैमा छ। धेरै कक्षाेन्नति नहुने त्यसैमा छ, त्यही शिक्षक आफैंलाई अब्बल मान्ने ‘म’ छ। उसँग सबै छ:
शैक्षिक योग्यता
तालिम
विदेशी ग्यान र भ्रमण
तर पनि त्यही ‘म’ शिक्षक माथि प्रश्न उठेको छ। विद्यालयमा रहन नचाहने वाहिर हिड्न रुचाउने र अरुको अगाडि उ स्खलित छ, तर पनि आफुलाई सबै भन्दा अब्बल शिक्षक ठान्दछ। त्यो ‘म’ आचीमा खसेको सिक्का टिप्ने ‘म’ मा रुपान्तरित भएको हुन्छ तर पनि उसलाई थाहै छैन विवेक छैन उसलाई अरुले कसरी हेरेको छ।
उसको एक दिनको अनुपस्थितिले कैंयौं विद्यार्थीहरु विचलित हुन्छन्, विद्यालय सञ्चालनमा जटिलता हुन्छ तर पनि उ आफुलाई अलौकिक ठान्दछ। उसलाई थाहै छैन: शिक्षकले व्यापार गर्नुहुन्न भन्ने भगवान् कृष्णको भनाई।
के?
कृष्ण भगवानले गुरु द्रोणाचार्यलाई भन्नुभएको थियो:
गुरुले शिष्यबाट गुरु दक्षिणा लिनु धर्मको मार्ग हो तर मोल खोज्नु अधर्मको मार्ग हो।
राजनितीग्य ‘म’ हिजो सबैलाई भ्रष्टाचारी भन्यो, विदेशी बैंकमा स्वदेशी पैंसा राखेको छ भन्यो सेतो हात्ती भन्यो अवनतिको कारण उसैलाई देख्यो तर आज अरु ती सबै उपमा त्यही ‘म’ लाई दिन्छन्।
शिक्षक महासंघ भित्रको ‘म’ कस्तो लाजमर्दो छ नेपालमा: कुरी कुरी भन्न लायक।
किन?
नेपालको सामुदायिक विद्यालयको शिक्षक भएर पनि शिक्षक महासंघको सदस्यता बन्न सक्दैन त्यो ‘म’ ।
किन?
किन कि उ कुनै राजनैतिक दलसँग आबद्ध नभएको विशुद्ध शिक्षक ‘म’ होनि?
त्यही शिक्षक महासंघको विधान लेख्ने ‘म’ नेता कस्तो पढेर पनि
अक्षर नचिनेको ‘ म’
हैन, हैन।
के?
अक्षर नचिनेको चाँहि हैन?
त्यसो भए केहो त?
अक्षरको अर्थ नचिनेको।
त्यतिमात्र हो त?
होइन?
के हो त?
नेपालको संविधान नपढेको ‘म’ शिक्षक महासंघको नेता ।
किन त्यसो भनेको?
किनकि नेपालको संविधानमा त स्वतन्त्र नागरिक स्थानीय सरकार देखि संघीय सरकारको प्रधानमन्त्री समेत बन्न सक्छ, स्थानीय, संघीय तहमा नेतृत्व गरिसकेको अवस्था छ:
काठमाडौंका मेयर बालेन्द्र शाह, धरानका हर्क सामपाङ्गले त बेग्लै पहिचान बनाएको अवस्था छ राजनीति नै गर्ने स्थानमा त स्वतन्त्र ले स्थान पाउँछ , नेतृत्व गरिसकेको छ तर जहाँ राजनिति गर्न करिब करिब वर्जित छ शिक्षण पेशामा तर त्यही विशुद्ध शिक्षक शिक्षक महासंघको सदस्य समेत बन्न सक्दैन। नेपालको संविधान पढेको भए हरिविजोग त हुँदैन थियो होला।
त्यसैले त शिक्षकको नेता वनेको ‘म’।
‘म’ शिक्षकको नेता आफै अलमल र ढुलमुलमा परेपछि देशको शिक्षा के होला त?
बेहाल।
अहिले जस्तो: बेरोजगार उत्पादनको स्थलो।
फेरी त्यो ‘म’ शिक्षक जिम्मेवारीको ठुला कुरा गर्छ तर जिम्मेवारी दिएपछि पुरा गर्न जान्दैन त्यो ‘म’।
अर्को कुरा मोल खोज्छ।
उ बिर्सन्छ।
उसले मोल पाइरहेकाे हुन्छ तर पनि अतिरिक्त मोल खोज्छ।
फेरी यस्तो घमण्डी र चाकडी वाद छ नि हातमा सीप छैन तर पनि काम खोज्छ र हजुरी गर्दै अरुको पिछा गर्छ।
उसलाई थाह नै हुँदैन उसले गरेको सानो गल्तीले संस्थालाई ठूलो आघात हुन्छ भनेर ।
त्यो ‘म ‘सधैं वैशाखी खोज्छ तर पनि मजबुत छु भन्छ।
फेरी अरुको विचारमा हिड्छ, त्यो’ म’ आफैंलाई सर्वेसर्वा ठान्दछ तर उसलाई थाह छैन उ केही होइन।
फेरी अर्को ‘म’ अरुको सुन्नुपर्ने कुरा सुनिदिन्छ तर आफ्नो कर्तव्य पुरा गर्न उ कटिवद्ध भएर लागेको हुन्छ। उ सँधै अल्पमतमा परेको हुन्छ। तर पनि उ अडिग हुन्छ चट्टान झै। बरु चट्टान चल्ला तर उ हल्लिदैन किन कि उसलाई थाह छ:
उ मर्नको लागि नै जन्मेको हो।
कर्मको लागि जिएको छ।
जे हुनु छ त्यो भएर छाड्छ।
डर, लोभ ,त्रास आदिबाट टाढा रही सत्कर्ममा लाग्नुपर्छ। यो मानव जीवन मुल्यवान छ, यसलाई अर्थपूर्ण रुपमा जिउनुपर्छ। यस्तो ‘म’ संख्यामा कम छ र अन्तमा यही र यस्तै ‘म’ को खोजी आज मानव सभ्यताको लागि अपरिहार्य छ।