Fursad Times शनिबार, साउन १७, २०७७

भक्तपुर । लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ । केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’को छायांकन शुरु भएको छ ।
पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानाको अभिनय रहनेछ । काठमाडौंका विभिन्न स्थानमा छायांकन हुने टेलिफिल्ममा गीत र कथा नबिन पन्तले लेखेका छन भने रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, उषा मलह(सिम्रन)को गायन छ ।
रवी केसी निर्माता रहेको टेलिफिल्मको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । टेलिफिल्मका सहायक निर्देशक रामजी राउत हुन् ।