Fursad Times बिहिबार, चैत्र ०२, २०७९

भक्तपुर । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज अन्तिम खेल घरेलु टोली नेपालले युएईसँग खेल्दैछ। टियु खेल मैदानमा बिहानदेखि सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ। यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ। नेपाल पुन: युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रँदैछ। नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ भने आज युएईलाइ हराएर सिधै विस्वकाप छनोट खेल्ने लक्ष्यमा हुनेछ । लिग २ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुन: युएईसँग भिडन लागेको हो ।