Fursad Times बिहिबार, साउन १५, २०७७

१५ साउन ,काठमाडौँ। लामो समयको लक डाउनले अस्तव्यस्त नेपाली चलचित्र उद्योगका लागि बिहीबार चलचित्र दानराज ले शुभ साइत सम्पन्न गरेको छ। डि. एस. डिजिटल सिनेमाको ब्यानरमा नेपाली कथानक चलचित्र दानराजको शुभ साइत काठमाडौँको भद्रकाली मन्दिरमा एक कार्यक्रमका बीच संम्पन्न भएको हो।
”जो कोहि पनि रहरले अपराधी बन्दैन, के कस्ता उतार चढाव हुन्छ जीवनमा” भन्ने मुल विषयबस्तु रहेर चलचित्र निमार्ण हुन लागेको निर्माण पक्षले संचारकर्मीलाई बताएको छ । चलचित्रमा शत्रुघन अन्सारी र कल्याण कार्की निर्माता रहेका छन् भने चेतन घिमिरे र सावर अधिकारी सह निर्माता रहने छन्।

चलचित्रका कलाकारहरुमा दानराज चौलागाई ,रबि खड्का, रबिन श्री,करुणा श्रेष्ठ,गंगा कुँवर,सागर गुरु चौलागाई ,रमेश डि.सी,तृष्णा खड्का,जगदीश अधिकारी,कल्याण रत्न कार्की, सत्रुधन अन्सारी र मुना कुँवर,राणा रहेको जानकारी पनि सोही कार्यक्रममा गराइएको थियो।
चलचित्र दानराज कृष्ण पाण्डेले खिच्ने छन् भने राम के.शी र सन्दीप भुजेलको नृत्य निर्देशन रहेको चलचित्रमा सुरेश अधिकारी ,पुरुषोत्तम न्यौपाने ,सन्तोष प्रगाढ ,राजेश कुमार श्रेष्ठको संगीत र सुभाष गौतम र शंकर अधिकारी ‘घायल ‘को शब्द रहने छ। भने द्वन्द देब महर्जनको रहने छ। शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने छ । भने चलचित्र भदौ १५ बाट फ्लोरमा जआने तयारी भै रहेको छ ।