Fursad Times मंगलबार, माघ ०३, २०७९

भक्तपुर – बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। लामो समय देखि सेशी सर्दै आइ रहेतापनि आज भने शाहलाई बलत्कारको आरोपमा सफाई पिदएको हो । नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक(पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो। जिल्ला अदालत तनहुँले अभियोगमा दाबी नपुग्ने भनेको छ। यसको अर्थ बलात्कारको मुद्दाबाट सफाई दिएको भन्ने हो।

पीडित परिवारले नवलपुर प्रहरीमा पनि जाहेरी दिएको थियो। त्यहाँ सरकारी वकिलले बलात्कार मुद्दा चलाएको थियो । नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद र पिडित नाबालिकालाई १० लाख क्षतिपूर्तिको फैसला सुनाइ सकेको छ ।

https://youtu.be/ascBGwE7g3g