Fursad Times मंगलबार, माघ ०३, २०७९

पोखरामा आइतबार यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिहरुको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ।
आइतबार काठमाडौंबामट पोखरा उडेको बिमान दुर्घटनामा परेको थियो । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ। चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।