Fursad Times सोमबार, साउन १२, २०७७

भक्तपुर । कोरोना भाइरस (कोभिड १९) वाट सोमवार मात्र थप ३ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोनावाट निधन भएको जानकारी दिए।

पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरसबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट निधन हुनेको संख्या ४८ पुगेको छ।

सोमबारनै थप १३९ जनामा कोरोना देखिएको छ । नयाँसहित कूल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनालेप कोरोना जितेर घर फर्किएका छन्। यो सहित कोरोना जित्नेको कुल संख्या १३ हजार ५४ पुगेको छ। ।क्वारेन्टाइनमा रहनेको संख्या १६ हजार ३७९ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४ हजार ९ सय ५० जनाको उपचार भइराखेको छ ।

https://youtu.be/p_fotKqsdZA