Fursad Times सोमबार, मंसिर २६, २०७९

केटा: कालो कपाल तिलचाम्ले भयो
बल्ल बल्ल मन मिल्ने भेटियो
कसम माया कसम,चालै नपाई उमेर ढल्कियो
घरजम गरी बसम

केटी: रङ्ग रउस केही छैन मनमा
दुखै दुःख भोगेको जीवनमा
कसम माया कसम,चालै नपाई उमेर ढल्कियो
घरजम गरी बसम

केटा: मनभरी छ पिरै पिर
मुटुभरी तिम्रै छ तस्वीर
कसम माया कसम….…….

केटी: तिमीलाई देख्दा रमाउछु म पनि
दिनमा झल्को रातीमा सपनी
कसम माया कसम….…….

केटा: संग संगै हिड न साथी
भर बिश्वास गरेर म माथी
कसम माया कसम….…….

केटी: मेरो त केही छैन खाली हात
पछि फेरि माग्छौ कि दाईजोपात
कसम माया कसम….…….

केटा: सम्पति त मेरो नि छैन
पाखुरीको भर लाग्छ डर छैन
कसम माया कसम….…….

केटी: दाईजो ल्याउन भन्छन् कि घरमा
माया तिमी पर्छौं कि करकापमा
कसम माया कसम….…….

केटा: गर्नैपर्छ कुरिती अन्त्य
दाईजो प्रथा समाजको कलङ्क
कसम माया कसम….…….

केटी: मिठो कुरो मन छोयो मेरो
टाढा गयो जीवनको अध्यारो
कसम माया कसम….…….

दुबैजना: दु:ख संग डर छैन सुन
खडेरीमा फूल फुल्यो हेरन
कसम माया कसम, चालै नपाई उमेर ढल्कियो
घरजम गरी बसम।