Fursad Times सोमबार, मंसिर २६, २०७९

डाइनामिकपब्लिक लाइब्रेरीमा स्रष्टा भेटघाट तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएकाे छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य लक्ष्मी उप्रतीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे। लक्ष्मी उप्रेती दुई दशकअघिदेखि वनिता साहित्यिक प्रकाशनकाे सम्पादन तथा प्रकाशन गर्दै आउनु भएकाे छ। उहाँ बाल साहित्य, कविता लेखन तथा साहित्यका विविध विद्यामा कलम चलाउनु हुने साधक हुनुहुन्छ।

नेपाली वाङमय प्रतिषठानका अध्यक्ष साहित्यकार धनकुटे कान्छाले उहाँकाे साहित्यिक तथा संस्थागत याेगदानकाे बारेमा चर्चा गर्नु भएकाे थियाे। दुई दशकभन्दा लामाे समयदेखि साहित्यिक प्रकाशनकाे प्रकाशक र सम्पादककाे रुपमा सेवा गर्दै आउनु भएकी स्रष्टा लक्ष्मी उप्रेती एक समर्पित साहित्य साधककाे रुपमा परिचित रहनु भएकाे उहाँले चर्चा गर्नु भयाे।

कार्यक्रममा साहित्यकला संगमका उपाध्यक्ष विन्दु दाहाल मुक दर्शक , दमक क्याम्पस साहित्यिक मञ्चकी पूर्व सचिव सञ्जु निराैला , सर्जक टङ्क पाठक, चित्रकार अभिषेक दास, लगायतका सर्जकहरुले रचना वाचन गर्नु भएकाे थियाे।

कार्यक्रममा दमक क्याम्पसका पूर्व क्याम्पस प्रमुख उत्तम भट्टराई, जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य भवानी दाहाल लगायतका विशिष्ट व्यक्तित्वहरुले भाषा,साहित्य, कला, संस्कृतिकाे महत्वकाे विषयमा बाेल्नु भएकाे थियाे।

सुप्रसिद्ध लाेक गायक एल. पी. जाेशीले लाेक कला र लाेक साहित्यकाे महत्वकाे विषयमा बाेल्दै आफ्ना अनुभवहरु राख्नु भएकाे थियाे। उहाँले सन्थाल जातिकाे गीत र शेर्पा जातिकाे गीत संकलन गरेकाे अनुभव गाएर समेत प्रस्तुत गर्नु भयाे।

संस्कृतिविद तथा मुन्धुमविद डा. चन्द्रकुमार शेर्माले पूर्वीय जीवन दर्शन र सभ्यता हराउँदै गएकाेमा चिन्ता व्यक्त गर्नु भयाे। हाम्राे माैलिक परम्परा जाेगाउन भाषा,साहित्यमा लाग्नेहरुकाे विशेष महत्व हुने कुरा उहाँले बताउनु भयाे।

लेखकहरु निधिरत्न अधिकारी, राम नेपाल, जे. विमली, केदार चापागाँई लगायतका सर्जक तथा अभियन्ताहरुले शुभ कामना दिएकाे कार्यक्रमका मुख्य अतिथि प्राज्ञ लक्ष्मी उप्रेतीले आफ्ना साहित्यिक अनुभव सुनाउनु हुँदै सबैलाई धन्यवाद दिनु भएकाे थियाे। कार्यक्रम डाइनामिक पब्लिक लाइब्रेरीका बाेर्ड अध्यक्ष भेषराज न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे ।