Fursad Times आइतबार, मंसिर २५, २०७९

भक्तपुर – चकलेटी ब्वाई धिरज मगरले फिल्म ‘भगवत् गीता’मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । पटक पटक धिरजको नाम आए पनि पछिल्लो पटक पारिश्रमिक नमिले पछि धिरजले फिल्म छोडेका थिए भने थापा दाम्पतिले नायकको खोजी आमेत गरेका थिए तर लामो समयको छलफलपछि उनी फिल्ममा काम गर्न तयार भएका हुन् । आइतवार निर्देशक झरना थापा र धिरजबीच सम्झौताको कागजपत्र आदान-प्रदान भयो । फिल्ममा धिरजको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ फिल्ममा काम गर्न लागेका हुन् ।
फिल्ममा धिरज अनुबन्ध भएसँगै अब निर्देशक थापा छायांकनमा निस्कने तयारीमा छन् । आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको फिल्मलाई जनकपुर र दार्चुलामा खिचिनेछ । सुनिल कुमार थापाको निर्माण रहने फिल्ममा सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको गीतमा कोरियोग्राफी र प्रभास मल्लिकको ब्याकग्राउन्ड स्कोर रहनेछ ।