Fursad Times बिहिबार, मंसिर ०८, २०७९

भक्तपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछाने ४९ हजार २६१ मत पाएका छन भने कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६४९ मत पाएका छन् ।