भक्तपुर – प्रतिनिधिसभा अन्तर्गत भक्तपुर क्षेत्र न. २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ । कांग्रेसका उम्मेदवार थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मंगलबार दिउँसो साढे १ बजेसम्मको मतगणनाअनुसार थापाले १४ हजार ९६ मत पाएका छन् । एमालेका बस्नेतले १३ हजार ४३ मत प्राप्त गरेका छन् । थापा र बस्नेतबीच १ हजार ५३ मतको अन्तर छ ।