Fursad Times आइतबार, मंसिर ०४, २०७९

भक्तपुर । गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान बाँकेको कोहलपुरमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३ –०१–००२ झ ५११२ नम्बरको पिक अफ भ्यान सम्झना चोकबाट कोहलपुरतर्फ जाँदै गर्दा कोहलपुर ४ स्थित किरणनालामा अनियन्त्रित भई पल्टिएको हो । सो दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।