Fursad Times शुक्रबार, कार्तिक २५, २०७९

भक्तपुर – नेपालले बंगलादेशमा आयोजना भएको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शुक्रबार ढाकामा भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपालले पहिलोपटक उपाधि जित्दै इतिहास रचेको हो। रोमान्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेकी सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल इतिहास रच्न सफल भएको हो ।

नेपालले खेलमा सुरुआती अग्रता बनाएको थियो । खेलको १४ औं मिनेटमा नै नेपालकी खेलाडी सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी भएता पनि खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । तर, बंगलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् । त्यसपछि थप गोल हुन नसके पछि खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बन्दै ईतिहास रच्न सफल भएको हो ।