Fursad Times बुधबार, कार्तिक २३, २०७९

भक्तपुर – पत्रकार सरोजराज अधिकारी काठमाडौंको सुन्धाराको एक होटलमा झण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले बताएका छन् । पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए भने उनकी पत्नीले बुधबारमात खोजीको माग गरेर प्रहरीमा निवदेन दिएकी थिइन् ।
होटलमा अधिकारी पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेको एसएसपी बोहराले बताएका छन् । प्राप्त जानकारीका अनुसार अधिकारी दुई दिनदेखि होटेलमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार पत्रकार अधिकारीले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान छ । अधिकारी होटलको कोठा नम्बर ५०२ मा बसेका थिए । सोही कोठाको पंखामा झुन्डिएको अवस्थामा उनको लास फेला परेको थियो । उनको मृत्यु के कति कारणले भएको हो भन्ने खुलेको छैन । प्रहरीले अधिकारीको मृत्युका विषयमा अनुसन्धान अगाडि बढाएको छ । उनले ‘धम्बोजी, ‘नोरा’, ‘जासुसीको जालो’ र ‘चक्रव्यूहमा चन्द्रसूर्य’ जस्ता किताब पनि प्रकाशित गरेका
पत्रकार अधिकारीले कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक, नेपाललाइभ डटकमलगायतका पत्रिका र अनलाईनमा काम गरेका थिए ।