Fursad Times सोमबार, कार्तिक २१, २०७९

भक्तपुर । छोटो समयमा नै आफ्नो गायकी मार्फत धेरै नेपालीको मन जित्न सफल चर्चित गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेको खबर सार्वजनिक भएको छ । हाल सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका गायक दूतराजले आत्महत्याको प्रयास गरेका हुन् । उनले अष्ट्रेलियाको स्थानीय समयअनुसार हिजो राति करिव २ बजे झुण्डिने प्रयास गरेको बताइएको छ । उनी गायिका भूमिका गिरीसंग कन्सर्टका लागि अष्ट्रेलिया गएका थिए । प्रकाशले आत्महत्या प्रयासस्वरुप झुण्डिन खोज्दा गायिका गिरीले देखेर उद्धार गरेको समाचार आएको छ । ६ दिनअघि मात्र उनले सामाजिक संजाल फेसबुकमा अष्ट्रेलियाको ब्रिस्बेनका तीन वटा सिरियस मोडका फोटोहरु अपलोड गरेका छन् । उनले आत्महत्या प्रयास गर्न खोज्नुको मुख्य कारण के हो भन्ने अहिलेसम्म खुलेको छैन ।