Fursad Times मंगलबार, कार्तिक १५, २०७९

भक्तपुर – अभिनेत्री श्वेता खड्काले मंगलबार दिउँसो उनले जमलस्थित ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी छिन । स्रोतका अनुसार आमाछोरी दुवै स्वस्थ्य छन्। उनले साेमबार बेबी शावरकाे केही तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् ।

नायक श्रीकृष्ण श्रेष्ठसँग बिबहा गरेकी श्वेताले श्रीको निधन पछि उनले दुई वर्षअघि धनगढीका विजेन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन्। केही साताअघि उनको परिवारले आयोजना गरेको दही च्युरा खुवाउने कार्यक्रममा आफू केही वर्ष ममीको भूमिकामा व्यस्त हुने बताएकी थिइन् । उनी गर्भवती भएपछि उनको व्यावसायिक काम पनि पति विजयन्द्रले हेर्दै आएका थिए ।