Fursad Times मंगलबार, कार्तिक १५, २०७९

भक्तपुर – एक पछि अर्का नेपाली फिल्मले सफलता पाइअ रहेको बेला नेपाली फिल्मका मेकरका लागि फागुणको ५ र फागुणको १९ गते आँखामा नै बसेको छ । फागुणको ५ गतेको मितिमा ३ वटा फिल्म प्रदर्शन हुने पक्का भैसकेको छ भने फागुणको १९ गतेका लागि ५ वटा फिल्मले आफ्नो प्रदर्सनको मिति तय गरेर बसेका छन । सो मितिमा रिलिज मिति तोकेका कुनै पनि फिल्मको प्रदर्शन मिति पोष्टपोन्ड भएन भने फागुन १९ मा ५ फिल्म मेकरले प्रदर्शनको मिति रोजिसकेका छन् ।

यसअघि यो मितिमा ‘छक्का पन्जा ४, वर एन्ड बधु, परस्त्री र बुलाकी’ आउने पक्का भैसकेको थियो भने अब यही मितिमा नायक अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ पनि रिलिज पक्का भएको छ । यसको निर्माणपक्षले पोष्टर सार्वजनिक गर्दै फागुण १९ गतेलाई प्रदर्शन मिति तय गरेको हो । ग्याङस्टारको कथामा निर्माण यो फिल्मलाई निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार गरिएको छ । लभस्टोरी फिल्ममा रुचाइएका अनमोललाई दर्शकले पहिलो पटक ग्याङस्टारको अवतारमा देख्न पाउनेछन् । फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानी छ । निर्भान फिल्म स्कुल र लक्ष्मण काफ्ले फिल्मका कार्यकारी निर्माता हुन् ।