Fursad Times सोमबार, कार्तिक १४, २०७९

भक्तपर। क्रिकेटर सन्दीप लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज अदालतमा सन्दिपको बयान पेश गरेको छ । बयानका क्रममा सन्दीपले आफु होटलको कोठा भित्र उजुरी दिने केटीसँग गफ गर्दागर्दै कुर्सीमै निदाएको भनेर बयान दिएका छन् । सज्दिपले बयानमा भनेका छन्, ‘ मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजेको अलाम लगाई कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजे अलाम बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ ।’ साथै, सन्दीपले घरायसी कुरामा नीज उदास भएपछि आफुले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको समेत भनेर बयानमा बताएका छन् ।

सन्दिप भन्छन “केन्या गएको दिनसम्म पनि हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैलेमिति २०७९/०५/२२ गते मैले सोसियल मिडियामार्फत एक्कासि निज पीडित भनिएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को दाइ परिवर्तित नाम गौशाला २६ (छ) (०७९/०८०) ले मउपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफू १९ वर्ष पुगिसकेको र आफ्नो birth certificate समेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानी मात्र गरी बसेका हौं” उनले भनेका छन् । यसरी सीदप लामिछानेले सरकारी वकलिको कार्यालयमा गरेको बयानमा आफूले पिडित भनिएकी युवतीसंग कुनै पनि प्रकारको यौन सम्बन्ध नभएको भनेर