Fursad Times आइतबार, कार्तिक १३, २०७९

भक्तपुर। अरुलाई खुसी बनाउन मनोरञ्जन दिने कलाकारको व्यक्तिगत जीवन उनीहरुले देखाए जतिकै खुसीमय नहुन सक्छ। धेश्रे कलाकारहरुले कलाकार आफूभित्रका पिर–व्यथा लुकाएर अरूलाई रमाइलो दिइरहेका हुन्छन्। आफूभित्रका पिर–व्यथा लुकाएर अरूलाई रमाइलो दिने कलाकारहरु मध्येमा पर्ने लोक तथा दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ यस्तै एक पात्र हुन्, जसले लामो समययता आफू दुस्खी रहेर पनि अरुलाई खुसी बनाउँदै आइरहिन। पतिले दिएको मानसिक तनावलाई लुकाएर दर्शकस्रोतालाई भरपुर मनोरञ्जन दिइरहिन्। सबैलाई हसाइ रहने जेरीका प्रशंसक र शुभचिन्तकका लागि कात्तिक ३ गते अप्रत्याशित र दुखद खबर आयो । उनले फेसबुकमा लेखिन् ‘‘फिलिङ इम्पिटी एट काठमाडौं डिस्ट्रिक्ट कोर्ट।’’

जेरी र उनका पति शंकर क्षेत्रीको जोडीलाई पछिल्लो समय दोहोरी गायन क्षेत्रमै उदाहरणीय मानिन्थ्यो। प्राय जसो आउने लाइभ दोहोरी कार्यक्रमहरुमा उनीहरूको खोजी हुन्थ्यो । जेरीले आफूहरूबीचको प्रेम सम्बन्धलाई बयान गरेर कैयन दोहोरी गाउने गर्थिन त्यसैले पनि कसैले पनि सोचेका थिएनन कि उनीहरूको सम्बन्ध यति छिट्टै दुर्घटनामा पर्नेछ। तर एका एक जेरीको फेसबुक स्ट्याटसले त्यो भ्रम चिर्दै भन्यो ‘दुईबिचको दाम्पत्य सबन्धमा दरार आएको सत्य हो । अब यी दुईको बाटो भिन्दाभिन्दै हुने निश्चित हुँदै मुद्दा जिल्ला अदालतमा पुग्यो।’’ करिब एक महिनादेखि नै शंकर र जेरी अलग–अलगै बस्न थालिसकेका थिए। कुनै पनि व्यक्तिको विवाह वा सम्बन्ध विच्छेद यी दुबै कुरा नितान्त व्यक्तिगत मामिला हो। तर, विबहा भन्दा पनि सम्बन्ध विच्छेदका घटना नेपाली समाजमा ठूलै सामाजिक मुद्दा बन्दै आएको छ । नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित नाम जेरीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा रहिरहँदा चर्चा नहुने कुरै भएन। जेरीको सम्बन्धमा दरार आएको खुलासा गरेसँगै सार्वजनिक रूपमा चर्चा सुरु भएको

पाँच वर्ष ‘गहिरो माया’, बिहे गर्नासाथ सम्बन्ध धरापमा

कात्तिक ३ गते जेरी र शंकर दुबै समबन्धविच्छेदको कागजात लिएर सहमतिमै जिल्ला अदालत जानु हठात् वा आवेशमा लिएको निर्णय थिएन। शकर र जेरीको दाम्पत्य जीवनमा दरनर आएको लामो समय भइसकेको थियो। यी दुइले एक–अर्कासँग सम्झौता गरेर नै सम्बन्धको रथलाई साढे २ वर्षसम्म धकेलेका थिए। जेरी र शंकर दुवैले आफ्नो करिअरमा फोकस गरिरहेका थिए। शंकर रोजगारीको लागि दुबई गएका थिए। जेरी नेपालमै लोकदोहोरी क्षेत्रमा सङ्घर्ष गर्दै थिइन्। सङ्घर्षकै क्रममा चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा दोहोरी गीत गाएर जेरी हिट भइन्। सामाजिक सञ्जालमार्फत दुवै जना नजिकिएपछि शंकर दुईवर्ष नपुग्दै स्वदेश फर्किए । तीन वर्षका लागि विदेश गएका शंकर दुई वर्ष नपुग्दै स्वदेश फर्कनुको कारण थियो नेपालमै बसेर केही गरौँ भन्ने जेरी गरेको आग्रह।

नेपाल आएको केहिस समय पछि जेरी र शकरले आफ्नो प्रेम सम्बन्धलाई बिबहामा परिण्नत गरे । विवाहपछि जेरीकै सफलताको राप तापेर शंकर पनि दोहोरी क्षेत्रमा स्थापित भएको नजिकबाट चिन्नेहरू बताउँछन्। बिहे अघिसम्म दर्शक स्रोतका लागि अपरिचित शकर जेरीसंग बिहे गरे पछि सबेको नगरमा पर्न सफल भएका थिए । दुवै जनालाई नजिकबाट चिन्नेहरू भन्छन् ‘‘वैदेशिक रोजगारीमा गएका शंकरलाई साङ्गीतिक क्षेत्रमा भित्र्याउने ठूलो हात जेरीकै छ । जेरीसँग नाम जोडिएपछि शंकर थप चर्चामा आए।’’ अहिले उनीहरूको दुई वर्षकी एक छोरी छिन। पाँच वर्षसम्म गहिरो माया मा परेर बिहे गरेको जोडीको बिहे हुनासाथ किन सम्बन्ध धरापमा पर्‍यो भनेर धेरैको जिज्ञासा छ।

शंकर अर्कै युवतीसँग प्रेममा परेको सम्भावना कति ?

शंकरको मन फर्किएला कि भन्ने आशमा जेरी केही दिन सम्पर्कविहीन बनेको भन्ने धेरैले अनुमान गरेका छन। जेरीलाई छाड्न लागेको भन्दै शंकरले सामाजिक सञ्जालमा धेरै गाली खाइरहेका छन्। उनलाई स्वर्थी भन्नेहरु धेरै रहेका छन । शकरले नै डिभोर्सको मुद्दा दायर गरेका हुन्। यसरी आफूलाई धोका दिने शंकरलाई गाली नगर्न जेरीले नै आग्रह गर्दै आएकी छिन्। यदि, शंकर आफ्नो निर्णयबाट पछि हट्न चाहे भने डिभोर्स टर्ने सम्भावना छ। तर, त्यो सम्भावना भने न्यून छ। किनकि, जेरीसँग डिर्भोस गर्नुको पछाडिको कारण शंकर अर्कै युवतीसँग प्रेममा परेकाले हो भनिएको छ।

जेरी र शंकरले दरबारमार्गमा सञ्चालन गरेको जुनकिरी रोधी क्लबमै डेढ वर्षयता काम गर्दै आएकी एक युवतीसँग शंकर प्रेममा छन् भनेर अहिले सामाजिक सञ्जालहरुमा चर्चा चलि रहेको छ । शंकरले अर्की युवतीसँग प्रेम गरेको थाहा पाएपछि जेरी आफैँ सेयरधनी रहेको जुनकिरी रोधीघरमा जान छाडेक िथिइन भन्ने उनि निकट स्रोतले जानकारी दिएको छ। वर्ष दिनयता उनले बागबजारमा चाहना रोधी घर नाम राखेर अर्कै दोहोरी सुरु गरेकी छन्। शंकरले भने त्यसलाई खण्डन गर्दै जेरीसँग विचार मिल्न छाडेकाले छुट्न चाहेको बताउँछन्। अहिले शंकरलाई गाली नगर्न आग्रह गर्दै आएकी जेरीले डिभोर्स भएको दिन सबै कुरा खोल्ने बताउँदै आएकी छिन्। शंकरको चाहनाअनुरूप नै जेरीले सम्बन्ध विच्छेदमा सहमति जनाइदिएकी हुन। अहिले काठमाडौं जिल्ला अदालतमा सहमतिमै सम्बन्ध विच्छेदको फाइल पेश भइसकेको छ। छठको बिदा सकिएर अदालत खुलेसँगै दुईजना कानुनीरूपमै अलग हुनेछन्।

डिभोर्स गरेपछि नेपाल नबस्ने सोचमा जेरी

केही दिनअघि मात्रै आफ्नो जन्मदिन मनाएकी जेरीले सो दिन आफ्ना शुभेच्क्षुकलाई थप दुखित तुल्याउने खुलासा गरिन्। त्यो थियो डिभोर्सपछि नेपाल नबसि विदेशिने सोचमा रहेको खबर। केही युट्युब च्यानललाई अन्तरवार्ता दिँदै उनले भनेकी थिइन् ‘‘‘म वा उहाँमध्ये एक जना विदेश जाने निश्चित छ। सायद, म नै जान्छु होला।’’