Fursad Times आइतबार, कार्तिक १३, २०७९

भक्तपुर – आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘लाखे’लाई छाड्ने हो भने, नेपाली फिल्मले सात महिना सुखद तरिकाले बिताएको छ । आशा गरेका केही फिल्मलाई छोडेर हेर्ने हो भने यो बर्षको सातौ महिना चलिरहँदा दर्शकले नेपाली फिल्मप्रति उत्साह देखाएका छन् ।

यो बर्षको सुरुवातमा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’ले ‘केजीएफ २’सँग जुधेका कारण अपेक्षित व्यापार गर्न नसके पनि फिल्मले निर्मातालाई घाटा हुन भने दिएन । त्यस्तै जेठमा रिलिज भएको फिल्म ‘कबड्डी ४’को ऐतिहासिक व्यापारको रेकर्ड राख्न सफल भयो । यो फिल्म बर्षकै ब्लकबस्टर हुने देखिएको छ ।

असार र साउन महिना भने नेपाली फिल्मका लागि सुखद देखिएन । यो महिना रिलिज भएका कुनै पनि फिल्म चलेनन् । ‘चिसो मान्छे, पानी फोटो’ लगायतका फिल्म आशा गरिको भएपनि यी फिल्म चलेनन् । भदौमा फिल्म रिलिजको बाढी नै आयो । यो महिना धेरै फिल्म चले पनि सबैलाई अचम्मित बनाउँदै फिल्म ‘झिंगे दाउ’ बक्स अफिसमा सफल भयो ।

असोज महिना पनि नेपाली फिल्मका लागि सुखद बन्यो । यो महिनामा ‘प्रेमगीत ३ र २ नम्बरी’ बक्स अफिसमा चम्किए भने ‘बाबरी’ फिल्म अपेक्षा गरिएपनि आशा गरे अनुसार चलेन । कार्तिकमा चलेका दुई फिल्महरु ‘के घर के डेरा र महापुरुष’ बक्स अफिसमा चम्किएनन मात्रै यी दुबै फिल्मले निर्माताको लगानी मात्र जोगाएनन्, दर्शकको ठूलो भीड हलमा जम्मा गर्न सफल भए ।

७ महिनामा हिट भएका ७ फिल्ममा ‘प्रेमगीत ३ र ए मेरो हजुर ४’ मात्र लभ स्टोरी कथामा बनेका फिल्म हुन भने अरु सबै फिल्म पारिवारिक कथामा छन् । यसर्थ, दर्शकको ठूलो संख्या हलमा ल्याउन अब परिवारका सबै सदस्यले एकसाथ बसेर हेर्न सक्ने फिल्मको खाँचो रहेको प्रष्ट हुन्छ । अझै, ५ महिनामा थुप्रै अपेक्षित फिल्म भएकाले यो बर्ष दर्जन फिल्म हिट हुने अड्कल लगाउन सकिन्छ ।