Fursad Times बुधबार, कार्तिक ०९, २०७९

भक्तपुर – नायिका प्रियंका कार्कीको ललितपुरको भैसेपाटी स्थित महतो मार्गमा रहेको घरमा चोरी भएको छ । प्रहरीका अनुसार कार्कीको घरबा नगद ३० हजार रुपैयाँ र करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधिर राज शाहीले जानकारी दिए । उनका अनुसार चोरीमा संलग्न हाल फरार रहेको र उनीहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ