Fursad Times बिहिबार, कार्तिक ०३, २०७९

सञ्चारकर्मी भोला अधिकारीको लेखन तथा निर्देशनमा बनेको हास्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सोमबार युटुबमार्फत रिलिज गरिएको हो । समसायिक विषयवस्तुलाई व्याङ्ग्यात्मकशैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिएको प्रोमोमा देखाइएको छ । “ख्याल ख्यामा” को ट्रेलरमा राजनितिक विषयवस्तुलाई अलिक बढि उठाउन खोजिएको छ । अरु बेला नेताले गाउँ विर्षने तर, चुनावको समयमा गाउँपस्ने कुरालाई व्यङ्ग्य गरिएको छ । ‘अरु बेला जनतालाई वास्तै नगर्ने नेताको परिपाटी छ । त्यसैको वरिपरीको कथामा सिरियल निर्माण भएको हो’, निर्देशक अधिकारीले भन्नुभयो ।  सिरियलमा ‘ज्ञानेन्द्र कोइराला,राजेन्द्र गिरी,रमा दाहाल,भोला अधिकारी,गितु पराजुली,अर्जन घिमिरे,नेहा नेपाली,अक्कल कार्की,हरिचन्द्र राई,विवेक अधिकारी,मनिष कोइराला लगायतको अभिनय रहेको छ । सिरियलमा समिर राईको छायाँकन छ भने ज्ञानेन्द्र कोइरालाको सम्पादन छ । सिरियलको व्यवस्थापनको जिम्मा कलाकार अर्जुन र गीतुले समाल्नु भएको छ ।