Fursad Times मंगलबार, आश्विन १८, २०७९

भक्तपुर – “भोजपुर” दसैंको अवसर पारेर पौवादुङमा गाउँपालिका स्थित बास्तिममा फुटबल खेल सम्पन्न भ​एको छ​। बास्तिम फूट्बल क्लब द्वारा आयोजना भ​एको उक्त खेल असोज १० गते देखि सुरु भएको थियो । जम्मा २२ टीमले प्रतिसप्रधा गरेको उक्त प्रतियोगिताको फाईनल खेलमा ठुलोदुङमा  एफ. सि. लाई ० को विरुद्ध ३ गोल गर्दै कोट कालिका एफ. सि. नगद रु ५०००० र ट्रफि सहित बिजेता भएको थियो भने ठुलोदुङमा  एफ. सि. उपबिजेतामा सिमित भयो।

निस्पक्ष र अनुसासित ढंगले भएको सो खेलको ब्यानबस्थापन पक्ष पनि निक्कै राम्रो र प्रसंशनिय थियो। पौवादुङमा ४ का वडा अध्यक्ष रमेश राई र नेकपा एमाले गाउँ पार्टी अध्यक्षले संयुक्त रुपमा बिजेता र उपबिजेतालाई पुरस्कार बितरणगर्दै कारेक्रम समापन भ​एको आयोजक बास्तिम फूट्बल क्लबले मुन्धुमस्टार डटकमलाई जानकारि गराए।