Fursad Times बुधबार, आश्विन १२, २०७९

भक्तपुर – हिन्दी भाषामा नेपाली फिल्म ‘प्रेमगीत ३’ रिलिज भएपछि चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्काले नेपाली फिल्म क्षेत्रमा कालो बादल मडारिएको बताएका छन् । नवलले सुरुवात देखि नै नेपालमा हिन्दी भाषाको प्रेमगीत ३ रिलिज गर्न नहुने बताउँदै आएका भएता पनि यस बिषयमा यो फिल्मका मेकरले खासै चासो राखेनन् । बरु, उनीहरुले हिन्दी भाषाको फिल्म रिलिज गर्नका लागि ठूलै फन्डा गरे । नवलले अमेरिकामा जन्मिएको छोरा नेपाल आउँदा दैनिक कर तिरेर नेपालमा बस्ने गरेको भन्दै आफूले पनि सोही कुरा गरेको स्पष्ट पारेका छन् ।

नवलले भने–‘बाबु आमा नेपाली भएपनि यदि कुनै छोरा अमेरिकामा जन्मियो भने उ नेपाल आउँदा दैनिक कर तिरेर बस्छ । मैले भन्न खोजेको पनि त्यही नै थियो । तर, यसलाई विभिन्न तरिकाले तोडमोड गरेर वुझियो ।’ उनले नेपाली भाषा, संकृतीमाथि अतिक्रमण हुने काम जारी रहेकाले सचेत हुन पनि आग्रह गरे ।