Fursad Times आइतबार, आश्विन ०९, २०७९

भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।