Fursad Times शुक्रबार, आश्विन ०७, २०७९

अभिनेता पल शाहविरुद्धको जबरजस्तीकरणीको मुद्दामा नवलपुर जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जिल्ला अदालत, नवलपुरले उनीविरुद्ध मागदाबी नदिएको ‘बाल यौन दुरुपयोग’ को कसुरमा दोषी ठहर गरेको हो। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले कारबाही माग गरिएको बलात्कारको कसुरमा शाहलाई सफाइ दिएता पनि माग दाबी नै नदिएको कुसर ‘बाल यौन दुरुपयोग’मा भने दोषी ठहर गर्दै शाहलाई २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाका साथै १० लाख क्षतिपूर्तिको सजाय सुनाएको छ। शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरले जबरजस्ती करणी गरेको अभियोग लगेको थियो । उनीमाथि १६ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप लगाएको थियो। शाह विरुद्द गत चैतमा सरकारी वकीलको कार्यालयले प्रहरीमार्फत बलात्कारको कसुरमा प्रमाण जुटाएर अधिकतम १४ वर्ष सम्मको कैद सजायको माग गर्दै अभियोग दर्ता भएको थियो । फैसलामा प्राप्त सबुत र प्रमाणबाट शाह र नाबालिकाबीच यौन सम्बन्ध स्थापित भएको मान्न नसकिने उल्लेख छ ।