Fursad Times शनिबार, आश्विन ०१, २०७९

आजको पात्रो : आज १ असोज २०७९, शनिबार । तद्नुसार १७ सेप्टेम्बर २०२२ । आश्विन कृष्णपक्ष सप्तमी, अष्टमी श्राद्ध, बब करण, रोहिणी नक्षत्र, व्रज योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज विश्वकर्मा दिवस हो । आज सबैले आफ्नो सवारी साधनको पूजा गर्ने गर्दछन् ।

सवारी साधन चलाउने व्यक्तिले आफ्नो सवारी साधनको पूजा आरधना गर्ने दिन हो । आज विहान सूर्योदय ५ः५० मा सूर्यास्त ६ः०७ मा हुनेछ । आजको देवता बरुण, ग्रहदेव चन्द्र रहेको छ । शनिवारको दिन नजिकैको पिपलको वृक्षमा जल अभिषेक गर्नुहोला ।

शनि दशा अलि कडा भएको हुनाले यसको उपासना गर्नु उत्तम हुनेछ । नवग्रहहरुमध्ये शनि ग्रह अलि बढी दुःख दिने ग्रह मानिन्छ । शनिवारको दिन फलामको सामानहरु खरिद र दान गर्दा उत्तम हुनेछ ।

आजको राशिफल :

मेष :-
मेष राशिका भएकाहरुका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारको साथ र सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । आज तपाईं कुनै यात्रामा जाँदै हुनुहुन्छ भने सूर्योदय पछि मात्र निस्कनु उत्तम हुनेछ । घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिएर मात्र यात्रामा हिडनु होला । शनिको जप गर्नुहोला ।

वृष :-
वृष राशिका भएकाहरुको लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार फाइदा हुन्छ । आजको दिन तपाई सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । दिन राम्रो हुने भएकाले आज कुनै देवालयको दर्शन गर्नुहोला । अर्थलाभ हुनेसक्ने छ त्यसैले सर्तक अप्नाउनुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन :-
आजऊ दिन तपाइको लागि त्यति उत्तम नहुने देखिन्छ । परिवार र आफन्तजनहरुले तपाई माथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ भने मनमा निराशा उत्पन्न हुनसक्छ । आजको दिन परिवारका सदस्य र अन्य कोही सदस्यसँग विवाद गर्दा पनि हानी हुनसक्छ । आजको दिन घर बाहिर निस्कनु यति लाभकारी हुनेछैन ।

कर्कट :-
आजको दिन तपाईं कर्कट राशिका भएकाहरुले विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । आज तपाइले कुनै यात्रा गर्नु भयो भने अनावश्यक खर्च हुनेछ । शनिदेवको उपास्य गर्नु लाभदायी हुनेछ ।

सिंह :-
तपाईको ल आजको दिन शुभ रहनेछ । आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ भने सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला । परिवारका साथ मिष्ठान भोजन गर्नु उत्तम हुनेछ ।

कन्या :-
आज तपाइको दिन त्यति राम्रो देखिएको छैन । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट तपाईलाई सफलताप्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । आजको दिन शिवको दर्शन गर्नु होला । आजको दिन तपाईं मौन रहनु उत्तम हुनेछ ।

तुला :-
आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ । शिवालयको यात्रा गर्नु उत्तम हुनेछ ।

वृश्चिक :-
आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । आज तपाइले कसैसँग विवाद गर्नु भएको खण्डमा तपाईलाई नै हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना समेत रहेको छ होस् पुर्याउनु होला।
धनु :-
आजको दिन तपाइको लागि राम्रो दिन हुनेछ । तपाईले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई मानसम्मान समेत मिल्नेछ। सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । सूर्योदयको दर्शन गर्नुहोला ।

मकर :-
आजको दिन देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । आज तपाइले सकारात्मक सोच राखेर काम गर्नुहोला । समय केही खराव भएका कारण तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । विवाद हुने काम नगर्नुहोला ।

कुम्भ :-
आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईमा सकारात्मक सोच आउने छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु तपाइको लागि उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खाना र बस्त्र दान दिनुभयो भने पनि तपाईको मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईलाई फाइदा हुनेछ । मौन रहनु तपाईको लागि शुभ हुनेछ ।

मीन :-
मीन राशी भएका व्यक्तिले आजको दिन अध्ययन अध्यापनमा समय विताउदा फाइदा हुनेछ । विहान पहिले सूर्योदयको दर्शन गनुहोला । घरायसी कर्ममा समय विताउनु होला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । आजको दिन ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ । आफ्नो काममा ध्यान दिनुहोला ।