Fursad Times शुक्रबार, भाद्र ३१, २०७९

वेस्ट एन्डिज

भक्तपुर – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने वेस्ट एन्डिजबाट सिगापुर पुगेको खुलेको छ । एक नाबालिग किशोरीले सन्दिप लामिछानेले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै सन्दीपबिरुद्ध उजुरी हालेपछि उनी सम्पर्कविहीन भएका थिए ।

क्यारेवियन लिग खेल्न वेस्ट एन्डिज पुगेकै बेला लामिछाने बिरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो । त्यसपछि सन्दीप क्यानको सम्पर्कमा आएका थिए । साथै क्यानले सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसपछि सन्दीपले सामाजिक संजालमार्फत आफू दोषी नभएको दावी गर्दै कानूनले सहि र सत्यतथ्य छानविन गर्ने अपेक्षा गरेका थिए ।

त्यसपछि उनी नेपाल आउन भनेर हिडेता पनि उनी नेपाल नआइ एकैपटक सिंगापुर पुगेको बुझिएको छ । उनले सिंगापुरमै बसेर कानूनी उपचार लिने प्रयन्त गरिरहेको समेत बुझिएको छ । उनको परामर्शका लागि नेपालबाट अधिवक्ता सरोज घिमिरे सिंगापुर गइसकेको समेत स्रोतले बताएको छ । तर सन्दीपले भनेजस्तो वारेसीमार्फत कानून लडाइको सुविधा नभएको विज्ञहरु बताउँछन् । देवानी मुद्दामा वारेसमार्फत लड्न सकिने प्रावधान भए पनि फौजदारी मुद्दामा त्यस्तो सुविधा नहुने बताइन्छ । त्यसैले सन्दीप कानूनी लडाइका लागि नेपाल अनिवार्य आउनै पर्नेछ ।