Fursad Times बिहिबार, भाद्र ३०, २०७९

भक्तपुर – राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछानेको विरुद्धमा अन्तर्राष्ट्रिय आतंकवादी जस्तै गरेर धात धोएर नलाग्न गायक प्रमोद खरेलले आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा सन्दीपको बारेमा आफ्नो भनाई सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘केहि तत्व (सबै हैन्) हात धोएर लाग्या छन् । कानुनी प्रकिया पुर्‍याएर काम गरे त हुन्छ होला,जे सजाय पाउने हो पाउछ नै यदि दोषी भए। देशको झण्डा छातीमा बोकेको मान्छेलाइ हो हल्ला नगरी आवश्यक कानुनी प्रकियामा जॉदा कसैको केहि बिग्रन्छ र? कि कसो?’यो समाचार तयार पार्दै गर्दा खरेलले उक्त ट्विट भने डिलिट गरिसकेका छन् । गायक प्रमोद खरेलले बुधबार राति गरेको ट्विटको स्किनसट ।

उक्त ट्विट अहिले खरेलले डिलिट गरेका छन् ।