Fursad Times बुधबार, भाद्र २२, २०७९

भक्तपुर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरूद्ध एक नाबालिकाले आफुलाई बलात्कार गरेको आरोप लगाउदै जाहेरी दिएकी छिन । लामिछानेविरूद्ध आएको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले एक विज्ञप्ति निकालेर जानकारी दिएको हो । लामिछानेले १७ वर्षीया नाबालिग माथि पटक पटक बलात्कार गरेको भनि जाहेरी आएको प्रहरीको भनाइ छ। लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए । सोही राती आफूमाथि लामिछानेले पटक-पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ।
काठमाडौं-९ स्थित एक होटलको ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेले बलात्कार ती नाबालिगको दाबी गरेकी छन्। जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीको भनाइ छ । घटनाको प्रहरी वृत्त गौशाला र परिसरले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको छ। भदौ ६ गते लामिछाने टी-२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी-२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।