Fursad Times मंगलबार, भाद्र २१, २०७९

भक्तपुर – नेपाली फिल्मका सफल अभिनेता तथा मोडल पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे २ बर्षको जेल सजायँ सुनाइएको छ । आज जिल्ला अदालत, नवलपुरमा भएको बहस पछि न्यायधिसले शाहको विरुद्ध यो फैसला सुुनाएका हुन् । पललाई जिल्ला अदालतका न्यायधिस यज्ञप्रसाद आचार्यले यस्तो फैसला सुनाएका हुन् । यस्तै, अदालतले २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतीपूर्तीको सजायँ पनि सुनाएको छ । पललाई जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भएपनि न्यायधीसले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् ।